अखिल भारतीय तामङ बौद्ध संघ


Page Image

  अखिल भारतीय तामङ बौद्ध संघ


स्थापित २४ जनवरी १९८१
संघको संशोधित संविधान 
२००४
पंजिकृत संख्या : एस०/३१८५०


अखिल भारतीय तामङ बौद्ध संघ
(स्थापित : २४ जनवरी, १६८१)
पञ्जीकृत संख्या : एस/३१८५०/५१
संविधान (संशोधित २००४)

१. नाम :
संघको नाम: अखिल भारतीय तामङ बौद्ध संघ हुनेछ। (१६८०-मा बागधारापथ कालेबुङमा स्थापना एवं ताः २४.१.१९८१-मा सिलिगुड़ीमा नामकरण तथा यही तिथि संघको जन्म जयन्ती मनाइने ।)
२. मूल कार्यालय : संघको पञ्जीकृत मूल कार्यालय: Old Super Market, Top Floor Room No. 8 & 9, P.O. &  Distt. Darjeeling, W. Bengal (India), Pin-734101.
३. राजनैतिक : यो संघ राजनैतिक काम कुरोदेखि अलग रहनेछ।
४. केन्द्र समितिको गठन: यस संघका शाखाहरू भारतभरि हुनेछन्। राज्य, जिल्ला, महकुमा तथा खण्ड तहमा पदाधिकारीहरूलाई समावेश गरी एक कार्यकारिणी समिति गठन हुनेछ। यस संघको कार्य परिचालनको निम्ति औ सारा भारतकै निम्ति ७१ जना वा बढ्ताको एक केन्द्रीय समिति हुनेछ अनि केन्द्रीय समितिको अधिनमा शाखाहरू भारतभरि हुनेछन् ।
शाखा-प्रशाखा औ युवा संघः यस बाहेक प्रत्येक शाखामा वा ब्लक स्तरमा लामा संघ, नारी संघ तथा युवा संघ पनि आवश्यकता अनुसार खोलिने छन्। युवा संघ निम्नलिखित नियम अनुसार चल्नेछन्-
क) प्रत्येक युवा संघ शाखाका अधिनमा रहने छ।
ख) युवा संघको क्षेत्र सामाजिक र सांस्कृतिक मात्र हुनेछ। 
ग) युवा संघका सदस्यका उमेर सीमा ३० वर्ष रहने छ।


५. तामङ सम्प्रदाय : यहाँ उल्लेखित शब्द 'तामङ' भन्नाले भारतमा बसोबासो गर्ने समस्त 'तामडे जनजाति सम्प्रदाय' को नागरिकलाई बुझाउँछ ।
६. संघका उद्देश्य : संघका उद्देश्यहरू निम्न प्रकार हुनेछन् :-
क) भारतमा बसोबासो गर्ने तामडहरू माझ सामाजिक, सांस्कृतिक, आर्थिक, शैक्षिक, नैतिक, धार्मिक तथा बौद्धिक विकास एवं उनीहरू माझ एकताको भावना सुदृढ़ गराउनु ।
ख) (1) भारतीय संविधान अनुसार भारतका सबै राज्यका तामङहरूलाई आदिवासी (सेडुल्ड-ट्राइब) को सूचिमा अन्तर्भुक्त गराउन यथासम्भव प्रचेष्टा गर्नु।
ii) भारतीय संविधान औ परिस्थिति अनुरूप प्रत्येक तामङ सन्तानको नाम या नामकरण बौद्धिक हुनुपर्छ।
ग) विशेष रूपमा तामङ सम्प्रदायले सामना गर्नपरेको विभिन्न समस्याहरूका समाधानार्थ सभा, संगोष्ठी तथा शिविरहरूको आयोजन गर्नु ।
घ) शैक्षिक उद्देश्यार्थ तथा त्यसको प्रचार एवं लोकप्रियताको निम्ति बौद्ध धर्मको तथा तामङहरूका रचना कार्यहरू एवं अन्य भाषामा सम्बन्धित विषयहरू तामङ भाषामा रूपान्तर गर्नु।
ङ) भगवान बुद्ध तथा अन्य गुरुहरूका महान कार्यहरू अन्य भाषाबाट तामङ भाषा वा स्थानीय भाषामा रूपान्तर गर्नु।
च) तामङ भाषा, रीतिथिति, रीमठीम एवं संस्कृतिको अभिलेख प्रस्तुत गरी सुरक्षित गर्नू ।
छ) तामङहरू तथा बौद्ध धर्म सम्बन्धी तामङ अनि स्थानीय भाषामा सामयिक पत्रिका प्रकाशित गर्नु तथा उक्त विषयमा पुस्तकहरू लेख्नू ।



ज) तामङहरू तथा बौद्ध धर्म सम्बन्धी सांस्कृतिक तथा धार्मिक संगोष्ठी, तर्क सभा, शिविर, नाटकादिको आयोजन गर्नु।
झ) तामङ सम्प्रदायका बालक-बालिकाहरूलाई तामङ तथा बौद्ध धर्म सम्बन्धी ज्ञानको निम्ति प्रेरित गर्नु एवं उनीहरूलाई संघको समग्र कार्यहरूमा अभिरूचि उत्पन्न गराउनू।
ञ) संघको उद्देश्य-पूर्तिको निम्ति अन्य भारतीय तथा विश्व बौद्धमार्गी संघहरू तथा अन्य संघहरूसित सम्पर्क स्थापित गर्नु तथा सहयोगिताको भावना सृष्टि गर्नु।
ट) बौद्ध धर्म शिक्षाको प्रचार तथा अभ्यासको निम्ति एवं अन्य आदर्श विचारहरूका ग्रहणार्थ गुम्बाहरू तथा बौद्ध पाठशालाहरू स्थापित गर्नु।
ठ) पुस्तकालयहरू तथा तामङ (भाषा) सिकाइने पाठशालाहरू स्थापित गर्नु ।
ड) दयनीय स्थिति जस्तै मरणपुकार, बिमारी, प्राकृतिक प्रकोप, घेवा आदिको कार्य परेकोमा संघलाई अनुरोध टक्राएको खण्डमा सबै सम्भावित सहयोग प्रदान गर्नु।
ढ) संघको निम्ति कुनै चल, अचल सम्पत्ति उपार्जन गर्नु तथा हस्तान्तर गर्नु।
ण) तामङ भाषालाई संविधानको धारा ८ (आठ) अनुसार सरकारबाट मान्यता दिलाउनू।
त) तामङ जातिको चाड़ "तामङ सोनाम ल्होछार"-लाई सिक्किममा जस्तै तथा अन्य राज्यमा प० बंगालमा पनि वैतनिक विदा घोषणा गर्ने अनुरोध गर्नू ।
थ), विश्वशान्ति औ भाइचाराको निम्ति प्रयास गर्नु ।


अखिल भारतीय तामङ बौद्ध संघको नियमावली

संघको सदस्यता : क) सदस्यताका विषय (साधारण अथवा कार्यकारी) तथा संरक्षकता विषयक कुराहरू कार्यकारी समितिको अधिनस्थ हुनेछ ।
ख) कुनै पनि तामङ बौद्ध यस संघको सदस्य हुन सक्छन्- तर उनले संविधान जसलाई नियमावली पनि भनिन्छ- लाई सहृदय स्वीकार्नु पर्दछ ।
i) कुनै पनि तामङ सम्प्रदायका व्यक्ति 'केवल बुद्धिष्ट' जसले संघका संविधानलाई ग्रहण गरेका त्यस्ता व्यक्ति वा व्यक्तिहरूले सत्यताको पुष्टि गरिएको प्रमाण-पत्र पेश गरी सदस्यता ग्रहण गर्न सक्नेछन्। तर कुनै पनि व्यक्ति या व्यक्तिहरूले आफ्नो क्षेत्रदेखि अर्को क्षेत्रमा गई या सोझै केन्द्रमा गई सदस्यता ग्रहण गर्न सक्ने छैनन्।
ii) संघका संविधान विपरीत रूपमा उपलब्ध गरेका ओ०बी०सी० प्रमाण-पत्र या प्रेषित प्रमाण-पत्र संघलाई मान्य हुने छैन औ भविष्यमा संघसित जोड़िएका संस्थान, गुम्बाहरूले यस्ता क्रियाकलाप या सिफारिश गर्न पाउने छैन।
iii) 'तामङ समुदाय' बुद्धिष्ट भएको आधारमा भारत सरकारद्वारा 'जनजाति' को मान्यता पाएको हो अतएव 'तामङ इसाई' या 'तामङ हिन्दू' लाई संघद्वारा मान्यता दिन सकिने छैन।
iv) सदस्यता ग्रहण गर्नलाई आवेदनकारीहरूले मूल-रूपमा 'तामङ भाषा' बोल्न या पढून या जान्न-बुझ्न पर्नेछ । ग) कुनै पनि १८ वर्षदेखि उँभोका पुरुष या स्त्री सदस्य हुन सक्छन् नाबालिगलाई अभिभावकले प्रतिनिधित्व गर्नेछन् ।
घ) सदस्यताका निम्ति संघका सचिवलाई आवेदन पेश गर्नुपर्नेछ। (संघद्वारा प्रेषित फार्म भरेर उनले सदस्यता शुल्क निम्न प्रकार बुझाउनु पर्नेछ)-


सदस्यता प्रवेश शुल्क औ वार्षिक शुल्क :- प्रवेश शुल्क : रु. ५)-
वार्षिक शुल्क : रु. ३६)-
(सदस्यता शुल्क वार्षिक रूपमा तिर्नपर्छ। एकैचोटि दिन नसकेको खण्डमा २ वा ३ पल्टमा बुझाउन सकिने छ। अहिले भर्ना हुन चाहनेले २००१ सालदेखि यताको बुझाउनु पर्नेछ।
प्रमुख संरक्षक, संरक्षक औ जीवन-सदस्य :- ङ) जीवन सदस्य हुनलाई रु. १००१)- तिर्न पर्नेछ।
च) संरक्षक हुनलाई न्यूनतम रु. ३००१)- तिर्न पर्नेछ।
छ) प्रमुख संरक्षकले रु. ५००१) वा त्योभन्दा बढ़ी रकम दिन पर्नेछ।
ज) प्रधान संरक्षकले रु. १०,००१) या त्यसभन्दा बढ़ी रकम दिन पर्नेछ।
(माथि उल्लेखित सम्माननीय सदस्यहरू जस्तै प्रधान संरक्षक, प्रमुख संरक्षक, संरक्षक तथा जीवन सदस्यले संघद्वारा अनुरोध टक्राएको खण्डमा उपरोक्त रकमको अतिरिक्त कुनै पनि आर्थिक सहयोग या अनुदान दिन सक्छन्) ।
प्रमुख संरक्षक वा संरक्षक संघको कार्यकारी समितिमा पदाधिकारी रहन सक्नेछन्।
झ) कुनै पनि असंपृक्त परिवारबाट धेरै संख्यामा सदस्य हुन सक्छन् ।
ञ) कुनै पनि राजनीतिमा सक्रिय भाग लिने, अनैतिक आचरण भएको दोषी वा सदस्य शुल्क नबुझाएको सदस्यलाई केन्द्रीय वा शाखाको कार्यकारी सदस्यको रूपमा मनोनित गरिने छैन।
ट) केन्द्रीय या शाखा समितिमा अंशदान अग्रिम रूपमा लिइनेछ।


ठ) सदस्यताको निम्ति आवेदन-पत्र स्वीकार गर्ने वा नगर्ने अधिकार कार्यकारी समितिको हुनेछ।
ड) साधारण सदस्यता वा कार्यकारी समितिबाट निम्न कारणहरूमा रद्द हुनेछ :-
सदस्यता रद्द हुनु १) उनीद्वारा सचिवलाई प्रेषित राजीनामा पत्र जुन कार्यकारी समितिको सभाद्वारा स्वीकृत हुनपर्छ।
२) उ/उनी पागल भएको खण्डमा ।
३) संघ भित्र, बाहिर वा उ/उनी न्यायालयद्वारा दोषी ठहरिएको खण्डमा ।
४) उनीले निश्चित अवधिभित्र वार्षिक शुल्क नतिरेको खण्डमा ।
५) उनी तीनचोटि लगातार कार्यकारी सभामा अनुपस्थित भएको खण्डमा।
ढ) प्रत्येक घरका १८ वर्षदेखि उँभोका 'अ०भा०ता०बी० संघका सदस्य हुनपर्छ, अनि नियमित रूपले सदस्यता शुल्क शाखा/प्रशाखामा आफै बुझाउनु पर्छ।
ण) प्रत्येक शाखाले संग्रह गरिएको सदस्य शुल्कबाट ६०% केन्द्रीय समितिलाई पठाउनु पर्छ। यसरी नै प्रत्येक प्रशाखाले, यदि 'भए ८०% शुल्क शाखालाई पठाउन पर्छ औ त्यसबाट २०% काटेर ६०% केन्द्रीय समितिमा पठाउन पर्नेछ। तर शाखाले उठाएको सदस्य-शुल्कसित सदस्यहरूको सूचि नबुझाएको खण्डमा छुट रोकिनेछ ।
त) सदस्यका बाँकी शुल्क दुइ वर्षभन्दा अधिक भएको खण्डमा शाखाले केन्द्रीय समितिलाई रिपोर्ट दिनेछ र केन्द्रीय समितिले परिस्थिति अनुसार जरिमाना लिने वा नलिने निर्णय दिन सक्नेछ ।

परिचय पत्र :-  

परिचय-पत्र प्रत्येक 'तामङ/सदस्य' ले तोकिएको मूल्य तिरेर 'परिचय-पत्र' लिनु या बनाउनु अनिवार्य हुनेछ जसमा संघका महा-सचिव एवं शाखा सचिवको हस्ताक्षर हुन पर्नेछ जसद्वारा फर्जी या नकली परिचय-पत्रको वितरणमा रोक लाउन सकोस्। नयाँ वर्षको सदस्य-शुल्क तिरेपछि शाखा सचिवले नै हस्ताक्षर गरेर नवीनीकरण गर्न सक्नेछन् ।
सदस्यतादेखि वहिष्कार :- २) सदस्यतादेखि वहिष्कार कुनै पनि साधारण वा कार्यकारी सदस्यलाई अनुशासनहीनता अथवा संघ विरोधी काम गरी दोषी ठहत्याएको खण्डमा सदस्यताबाट वहिष्कार गरिनेछ । उक्त कारणहरूका निम्ति कार्यकारी समितिले सम्बन्धित सदस्यबाट दोषी स्वीकार गरेको या दोष विषयक स्पष्टीकरण प्राप्त गरे पश्चात् संघको सभामा २/३ बहुमतले प्रस्ताव पारित गरे सदस्यबाट वहिष्कार गरिनेछ। यस्ता वहिष्कृत सदस्य-सदस्यहरूलाई पुनः सदस्यको रूपमा लिइने छैन। जबसम्म उ/उनीले आफूलाई निर्दोष प्रमाणित गर्दैन अथवा उ/उनीद्वारा भएको संघको क्षतिपूर्ति हुँदैन ।

व्यवस्थापक/परिचालक समिति :- 

 ७१ वा त्यो भन्दा बढी (परिस्थितिवश) कार्यकारिणी सदस्यहरूलाई लिएर एक परिचालक समिति गठन हुनेछ। जसलाई संघको केन्द्रीय कार्यकारिणी समिति भनिनेछ।
उक्त ७१ जना कार्यकारिणी समितिमा पदाधिकारीहरू निम्न प्रकारले हुनेछन् :-

क) अध्यक्ष - १ (एक)
ख) कार्यकारी अध्यक्ष - १ (एक)
ग) उपाध्यक्ष -  (नौ) (दार्जीलिङ, कालिम्पोङ, खरसान्, मिरिक, पूर्व डुवर्स, मध्य डुवर्स, प० डुवर्स, सिक्किम, आसाम)


घ) महासचिव - १ (एक)
ङ) सहायक महासचिव - ४ (चार) (दार्जीलिङ पार्वत्य
क्षेत्र, डुवर्स, सिक्किम औ आसाम)
च) संयुक्त सचिव -  (नौ) ('ग'-मा जस्तै)
छ) कोषाध्यक्ष - १ (एक)
ज) सहायक कोषाध्यक्ष - १ (एक)
झ) कार्यकारिणी सदस्यगण - ४४ (चौंवालिस)

नोट :-

(परिचालक समितिमा अधिक भन्दा अधिक महिलाहरूको सहभागिता हुनपर्नेछ ।)
१) यो बाहेक कुनै क्षेत्रमा संघका कार्य विस्तृत भए परिस्थिति र आवश्यकता अनुसार केन्द्रीय समितिले अनुमोदित प्रस्ताव अनुसार केही केन्द्रीय कार्यकारिणी सदस्यहरू मनोनित (Co. opt) गर्न सक्नेछन् ।
२) बढ्दो संगठनलाई ध्यानमा राख्तै केन्द्रीय समितिले निर्वाचित सदस्यहरूबाट सांगठनिक सचिव (organising Secretary) तथा कार्यालय सचिव (Office-Secretary) मनोनित गर्न सक्नेछन्, साथै कुनै जिम्मावारी दिन सक्नेछन् 
३) सबै शाखाका सभापति र सचिव पदेन सदस्य हुनेछन् । साथै संघका अधिनमा रहेका सबै गुम्बाका संचिव, लामा संघ, नारी संघ र युवा संघका सचिव पदेन सदस्य हुनेछन् । कुनै पनि क्षेत्रभित्र एकभन्दा अधिक 'शाखा 'हरू खोलिएको छ भने त्यसको कार्य प्रणाली सुदृढ़ एवं सरल बनाउन क्षेत्रको सिमाङ्कन गर्ने केन्द्र समितिको अधिकार हुनेछ या यस्ता 'शाखा'हरूको कार्य पद्धति चिन्ताजनक या सन्तोषजनक नभए यस्ता 'शाखा'हरूलाई उचित कार्यवाही गर्न वा 'प्रशाखा' मा परिणत गर्न सकिने अधिकार रहने छ।
परिचालक समितिको व्यवस्थामूलक कार्य क्षमता :- यसरी गठीत परिचालक समितिको व्यवस्थामूलक क्षमता यस प्रकारको हुनेछ :
आरक्षणमा अझ बढ़ी सहुलियत : (क) परिचालक समितिले ५० वर्षसम्म तामङ समुदायले 'जनजाति' को सहुलियतबाट विमुख हुन पन्यो अब यस अवधिको क्षति-पूरणको केही उपाय भए यसतर्फ सरकारसँग आग्रह गर्नेछ।

पदाधिकारी एवं सदस्यगण : 

 (ख) परिचालक समितिका निर्वाचित सबै 'पदाधिकारी 'हरू एवं कार्यकारिणी 'सदस्यगण' माननीय हुनेछन् अतः प्रत्येकले संघको मासिक या आकस्मीक सभामा उपस्थित हुनुपर्नेछ औ अकारण ३ (तीन) यस्ता सभामा उपस्थित नभए मान्यता रह गरिनेछ औ यसको सूचना प्रत्येक शाखा औ प्रशाखालाई दिइने छ।
न्याय एवं कानून : (ग) परिचालक समितिले कानून-कमिटि गठन गर्नेछ जसले संघका सम्पूर्ण कानून औ न्याय प्रकरण सुव्यवस्थित राख्नेछ जसमा संघका सम्पत्ति-जग्गा-जमीनको जड़ीत कागज पत्रादि ढंगमा हुनुपर्ने तथा संघलाई आई परेका कानूनी अड़चनको हल गर्नेछ। संघका सबै कानूनी मामलाहरू मान्न 'दार्जीलिङ अदालत' मा हुनेछ ।
मुख-पत्र 'फ्याफुल्ला' ( तथा आवश्यकीय फार्महरू : घ) परिचालक समितिले प्रचार-प्रसार एवं प्रेस समितिको गठन गर्नेछ जसले संघका सबै प्रकाशीय पुस्तक, मुख पत्रिका फ्याफुल्ला, क्यालेन्डर, संस्थालाई आवश्यकीय आवेदन (सदस्य) फार्म, रसीद बुक, सामाजिक क्रियाकलापमा प्रयोग गरिने फार्महरू तयार गर्नेछ औ उचित मूल्यमा बिक्री गर्नेछ।
भेष-भूषा, ल्होछार स्वाँगे एवं डम्फू : (ङ) परिचालक समितिले तामङ सांस्कृतिक समितिको गठन गर्नेछ- जसले तामङ जातिमा विवाहको नियम, तामङ जातीय 'भेष-भूषा, भाषा जातीय पर्व 'ल्होछार', जातीय चिन्हारी 'डम्फू' जस्ता विषयहरूमा निरन्तर निर्देश दिनेछ।

(1) तामङ समुदाय माझ 'आफ्नो सन्तान' या 'स्वाँगे' बिचमा हुने विवाह बन्धनलाई रोक लगाउने छ।


(ii) तामङ भेष-भूषाको नियमित रूपले प्रयोग गर्न प्रोत्साहन दिनेछ।
(iii) तामङ जातिले मनाउँदै आइरहेको महान चाड 'सोनाम ल्होछार' तामङ समुदायको महान पर्व व्यापक रूपमा प्रचलनमा ल्याउनेछ ।
(iv) 'डम्फू' तामङ समुदायको एक मात्र चिन्हारी हो र यसको उचित 'संरक्षण'को व्यवस्था गरिने छ तथा तामङ समुदाय बाहेक अन्य समुदायलाई यसको प्रयोग या अवहेलित या अपमानजनक रूपमा प्रयोग हुनबाट रोक लगाइने छ तथा यस 'चिन्हारी'लाई सरकारसित Registered Copy Right तर्फ समितिले प्रयास गर्नेछ।
(च) परिचालक समितिले तामङ संग्रहालय समितिको गठन गर्नेछ-
तामङ संग्रहालय : जसले कुनै पनि उपर्युक्त स्थानमा यस्ता संग्रहालय स्थापना गर्नेछ औ यसको स्थापनाको निम्ति प्रतिष्ठित इतिहासकारका संघ-संस्था, अन्तर्राष्ट्रीय औ राष्ट्रीय संग्रहालय तथा सम्बन्धित व्यक्तिहरू सहयोग लिनेछ तथा राज्य औ केन्द्र सरकारलाई यसको औचित्य बुझाई आर्थिक सहयोगको निम्ति योजना सहित आवेदन गर्नेछ।
धार्मिक समिति एवं धर्म सम्मेलन : (छ) परिचालक समितिले-  (i) धार्मिक समितिको गठन गर्नेछ- जसले धर्म्म गुरुहरूको सहयोगबाट समय-समयमा जनसाधारणलाई बौद्ध धर्मप्रति प्रेम, श्रद्धा एवं धर्म बोध गराउने प्रयासमा धर्म्म सम्मेलनहरूको आयोजना गर्नेछ।
(ii) संघका धर्मगुरु वा लामा म्हेम्हेहरू तामङ समुदायका निम्ति आदर्शका प्रतिक हुन् जसले धर्म संस्कार विषयमा सठीक निर्णय दिनेछन् । अतः उनीहरूबाट यस्तो कुनै अप्रिय कार्य नहोस् जसद्वारा संघलाई कार्यवाही गर्न बाध्य नपरोस्।
(iii) यस धार्मिक समितिले पञ्चाङ्ग समिति गठन गरी वर्षेपछि तामङ जातिद्वारा मनाइने सोनाम ल्होछारको तिथि एवं यस पर्वमा अनुष्ठान गरिने लुङदरको विवरण दिनु पर्नेछ।


तामङ थर समिति एवं थरहरूको तालिका (परिशिष्टमा) : 

(ज) तामङ थर समितिको गठन गर्नेछ- जसले संघद्वारा तयार पारिएका 'थर 'हरूको अनुसन्धान गर्दै संशोधन या थप गर्न आवश्यकता परे त्यसतर्फ काम गर्नेछ । खाँटी 'तामङ' भएर पनि धेरैले 'व्यावसायिक' रूप या 'परिस्थिति 'वस आफ्नो जातको बदली 'लामा' लेख्दा धेरै वैधानिक औ प्रशासनिक अड़चन आएको देख्दा यस समस्याको हलको निम्ति समितिले प्रयास गर्नेछ।

तामङ जनगणना (Census) :- 

(झ) परिचालक समितिले तामङ जनगणना (Census) समितिको गठन गर्नेछ, जसले संघका सबै अञ्चल, शाखा- प्रशाखा एवं शहरमा संघद्वारा पारित फर्ममा 'भरेर क्षेत्रको जनगणनाको हिसाब दुरूस्त राख्ने निर्देश दिनेछ।

नारी कल्याण समिति : 

(0000) परिचालक समितिले नारी कल्याण समितिको गठन गर्नेछ- जसले नारी विषयक, शिक्षा, रोजगार, सामाजिक उत्पीड़न जस्ता समस्या औ यस्तै सम्बन्धित अन्य समस्याहरूको अध्ययन गरी समाधानको प्रक्रिया गर्नेछ।

संघको प्रशासनिक व्यवस्था : 

(ट) परिचालक समितिले प्रशासनिक व्यवस्था समितिको गठन गर्नेछ- जसको व्यवस्थामा १. केन्द्र समिति २. उच्च स्तरीय समिति औ ३. आञ्चलिक समिति औ यी सबै समितिहरूमा निर्वाचित केन्द्रीय समितिका सदस्यहरूलाई नै संघको सभामा पारित प्रस्ताव अनुसार यस्ता समितिका कार्यभार सुम्पिने छ।
(1) संघको समस्या या फैसला दिन नसकिएका विषयहरूमा उच्च स्तरीय समितिको निर्णय अकाट्य एवं अन्तिम हुनेछ । 
आञ्चलिक समिति औ यसको क्षेत्र- क्षेत्रमा गठन : (ii) (क) आञ्चलिक समिति- जसले आफ्नो कार्यक्षेत्र 'अञ्चल' या 'महकुमा' स्तरमा राख्नेछ औ यस समितिको अधिनमा शाखा, प्रशाखा एवं युवा संगठन रहने छ औ प्रशासनिक रूपले यी शाखा प्रशाखा औ युवा संगठनले आञ्चलिक समितिको माध्यमबाट मात्र केन्द्र समितिमा आफ्नो समस्याहरू पुत्र्याउन सक्ने छन्। 'आञ्चलिक समिति'-ले आफ्नो अधिनमा रहेको शाखा प्रशाखा एवं युवा संगठनको
प्रत्येक कार्य विधिहरू हेर्नेछन् तथा शाखा प्रशाखा औ युवा संगठनहरूका वित्तिय मामिलामा व्यवस्थित रूपले चलाउन निर्देश दिनेछन्। शाखा प्रशाखा औ युवा संगठनलाई स्वरोजगार, तालिम केन्द्रहरू, शिक्षा प्रणालीमा सुव्यवस्था औ यस्ता अनेकौं शुलभ योजनाहरूको कार्य प्रणालीमा सहयोग पुयाउने जसमा हाम्रा शिक्षित तामङ युवा-युवतीहरूले रोजगारको सुअवसर पाउन सकोस्। आफ्ना क्षेत्रमा स्वस्थ्य माहौल बनाई राख्नमा सबै समुदायहरूसँग सौहार्द्रपूर्ण रूपमा रहने निर्देश दिनेछन्। यसरी बृहत रूपमा योजनाहरू प्रस्तुत गर्दै त्यसको पूर्ण सफलताको निम्ति आञ्चलिक समितिले सरकारसँग मान्यता प्राप्त गरेर NGO (Non Governmental Organisation) सरह कार्य गरेर अझ अधिक योजनाहरू यस्ता दुर्गम क्षेत्रमा हाल्ने प्रयास गर्नेछ। सबै शाखा प्रशाखा एवं नारी संघ औ युवा संगठनले विशेष शिक्षाप्रति ध्यान दिनु पर्नेछ तथा 'तामड-भाषा' सिक्ने सिकाउन पर्ने निरन्तर कोशिश गर्नेछ। (केन्द्रबाट तय गरिएका टोलीले क्षेत्र क्षेत्रमा निरीक्षण गरेर कहाँ-कहाँ यस्ता आञ्चलिक समितिहरू स्थापित गर्नुपर्ने हो सो निर्णय गर्नेछन्) ।
(ख) कुनै पनि क्षेत्रभित्र एकभन्दा अधिक शाखाहरू खोलिएको छ भने त्यसको कार्यप्रणाली सुदृढ़ एवं सरल बनाउन, त्यसको सिमांकन गर्ने अधिकार परिचालक समितिको हुनेछ वा यस्ता शाखाहरूको पद्धति जाँच गरेर प्रशाखामा पनि परिणत गराउन अधिकार छ।

संघको सभा सञ्चालन : 

 (४) अध्यक्षले अनि उनको अनुपस्थितिमा कार्यकारी अध्यक्ष वा उपाध्यक्षले संघको सभाहरू सञ्चालन गर्नेछन्। यदि
अध्यक्ष तथा उपाध्यक्ष दुवै अनुपस्थित भए उपस्थित सदस्यवर्गले उनीहरू माझबाट अध्यक्ष मनोनित गर्नेछन् एवं उनले सभा सञ्चालन गर्नेछन् ।
संघको विकासार्थ प्रस्तावहरू : (५) संघको विकासार्थ सम्बन्धित शाखा कार्यालयबाट प्राप्त प्रस्तावहरू लिखित रूपमा महा सचिवलाई पठाउनु पर्छ।
यस्ता प्रस्तावहरू सभा समक्ष प्रस्तुत गरी बहुमतद्वारा पारित गरिनेछ ।
(६) संघको सम्पत्ति व्यय गर्ने अभिभारा परिचालक समितिको हुनेछ। सम्पत्ति विषयमा संघ अनि व्यक्ति वा समितिको बीचमा कुनै मतभेद भए त्यस विषयमा अध्यक्षले निर्णय दिनेछन्। तर संघको पक्षमा महा-सचिवले यस्ता समिति वा व्यक्तिको विरुद्ध मामला पेश गर्न सक्छन् ।

परिचालक वा कार्यकारी समितिको अधिकार र कर्तव्यमा थप प्रावधानहरू :

(१) कार्यकारी समितिको अधिकार र कर्तव्य यस प्रकार हुनेछन् (यहाँ उल्लेखित कार्यकारी समितिको अधिकार र कर्तव्यमा उल्लेखित परिचालक समिति या कार्यकारी समितिलाई थप प्रावधान रहेको छ)
(क) संघको कार्यको अविच्छिन्नता तथा प्रसारणको निम्ति एवं यथोचित व्यवस्थाको लागि उपाय तथा साधनहरू अप्राइनेछन् एवं उचित नियन्त्रणको व्यवस्था गर्नेछ। एवं रीतले संघको कार्य्यहरूका परिदर्शन तथा मूल्य निर्णय गर्नेछ।
(ख) कुनै पनि विशेष उद्देश्यको निम्ति कार्य्यकारी समितिले 'उप-समिति'को नियुक्ति गर्नेछ।
(ग) अध्यक्ष वा महा-सचिव र कोषाध्यक्षको संयुक्त नाममा संघको ब्यांक-लेखा खोल्नु, उपरोक्त कुनै दुइको सहीमा व्यांकबाट पैसा निकाल्न सक्नेछ ।
(घ) संघको वार्षिक आम सभा डाक्नु ।
(ङ) भारत तथा विदेशमा अनुसन्धान, गण्वेषण अनि अध्ययन गर्नार्थ संघले राखेका नियमानुसार मनोनित व्यक्तिलाई संघको उद्देश्यभित्र पर्ने वृत्ति, छात्रवृत्ति तथा अन्य आर्थिक सहयोग वा अनुदान प्रदान गर्नु। (संघको नियम एवं आर्थिक सहयोगको रकम सभामा तय गरिने छ)।
(च) विभिन्न शाखाहरूका कार्य्यहरूका सर्वेक्षण, निर्देश एवं नियन्त्रण गर्नु।
(छ) संघको पक्षमा परिचालक या कार्यकारी समितिले सबै कार्यहरू गर्नेछन् ।

७. पदाधिकारीहरूको कर्तव्य :

अध्यक्ष

 (क) अध्यक्षले संघको कार्यकारी समितिको समग्र सभाहरूका सञ्चालन गर्नेछन्। उनले संघको प्रत्येक कागज पत्रादि एवं पैलेखहरूमा हस्ताक्षर गर्नेछन्। महा-सचिव तथा सहायक महा-सचिवको अनुपस्थितिमा अध्यक्ष स्वयंले सभा डाक्न सक्नेछन् । महा-सचिवको सल्लाह लिएर अध्यक्षले कार्यकारी समितिको अर्को सभा नभएसम्म कुनै पनि अति शीघ्र विषयमाथि आफ्नो निर्णय दिन सक्छन् या त्यस्ता विषयलाई अन्तिम निर्णयको निम्ति गठीत High Power समितिमा पठाउन सक्नेछन् ।
(ख) स्वयंले तथा कार्यकारी समितिका सदस्यहरूका सहयोगले अध्यक्षले संघको कार्यहरूमा सर्वेक्षण गर्नेछन् तथा विकासार्थ यथोचित साधन र उपायहरू अप्नाउने छन् ।
(ग) अध्यक्षले कुनै पनि उपाध्यक्षलाई लिखित रूपमा उनको पक्षमा कार्य गर्न अधिकार प्रदान गर्न सक्छन् ।
(घ) उनी संघका उप-समितिहरूका पदेन सदस्य हुनेछन् ।
(ङ) महा-सचिवले संघका कार्य विषयक कुनै प्रस्ताव पठाएको खण्डमा अध्यक्षले एकपल्टमा रु. १०,०००) (दश हजार) महा-सचिवलाई मञ्जुर गर्न सक्छन् ।
कार्यकारी अध्यक्ष : कुनै कारणवश अध्यक्ष उपस्थित हुन नसकेको खण्डमा उपर्युक्त कार्य सम्पूर्ण कार्यकारी अध्यक्षले गर्न सक्नेछन् ।

उपाध्यक्ष :

 (ख) अध्यक्षको अनुपस्थितिमा कार्यकारी समितिको निर्देशन अनुसार संघको समग्र क्षमता र कार्यहरू उपाध्यक्षको हुनेछ। संघको विभिन्न कार्य प्रणालीहरूका विकासार्थ उनले विविध साधन एवं उपायहरूको अवलम्बन गर्न सक्नेछन् ।
महा-सचिव औ प्रमुख प्रवक्ता संघको पक्षमा :  (ग) महा-सचिव (i) अध्यक्षको परामर्श लिएर महा-सचिवले संघको समग्र सभाहरूको आयोजना गर्नेछन्। उनले सभा सूचनाहरू दिनेछन् एवं सभामा पारित प्रस्तावहरूका बही
व्यवस्थित रूपमा राख्नेछन् तथा अध्यक्षलाई हस्ताक्षर गराउने छन् । संघको प्रस्ताव पारित बहीहरू मोहरहरू, अभिलेखहरू तथा समग्र कागज पत्रादि महा सचिवको संरक्षणमा रहनेछन् ।
(ii) उनले कार्यकारिणी समितिको वार्षिक आम सभामा संघ विषयक सम्पूर्ण कार्य विवरण एवं वार्षिक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।
(iii) उनले सदस्यहरूका भर्ना र वहिष्कारको एउटा बही राख्नेछन् । सदस्यहरूको अरू विवरणको बही पनि राख्नेछन् जुन चाहिँ संघका सदस्यहरूले वहाँलाई हेर्न अनुरोध टक्राए हेर्न सक्नेछन् ।
(iv) उनले कार्यकारी समितिले निर्धारण गरेको यस्ता अन्य कर्तव्यहरू पालन गर्नेछन् ।
(v) उनी समग्र उपसमितिका पदेन सदस्य हुनेछन् ।
(vi) उनी मात्र संघका सम्बन्धित सरकारी या गैर सरकारी या सांगठनीक कार्य्यहरूप्रति संघको पक्षमा 'प्रमुख प्रवक्ता' हुनेछन् ।
(vii) महा सचिवले नै संघको समग्र पत्र व्यवहार गर्नेछन् ।
(viii) उनी एकपल्टमा संघको कार्य्यहरूका निम्ति पाँच हजार मात्र खर्च गर्न सक्नेछन् औ यदि यसभन्दा बेसी खर्चको निम्ति अध्यक्षको अनुमोदन लिन पर्नेछ।
सहायक महासचिव : (घ) सहायक महासचिव सहायक महासचिवले संघको सम्पूर्ण कार्यहरू महासचिवलाई सहयोग प्रदान गर्नेछन् अनि महासचिवको अनुपस्थितिमा संघको सम्पूर्ण कार्यहरूको उत्तरदायित्व अध्यक्षको निर्देशन अनुसार सहायक महासचिवमाथि हुनेछ ।

संयुक्त सचिव : 

(ङ) संयुक्त सचिव : संयुक्त सचिवले संघको सम्पूर्ण कार्यहरूमा महासचिवलाई सहयोग प्रदान गर्नेछन् अनि महासचिव र सह-महासचिवको अनुपस्थितिमा संघको सम्पूर्ण कार्यहरू अध्यक्षको निर्देशन अनुसार गर्नेछन् ।

कोषाध्यक्ष : 

(च) कोषाध्यक्ष: (क) संघको कोष, व्यय तथा सम्पत्तिको सम्पूर्ण अभिभार कोषाध्यक्षको हुनेछ। उनले कोषको प्राप्ति एवं विवरणको लेखाको तथा सम्पत्तिको यथोचित हिसाब राख्नेछन् तथा उनले ब्यांकमा संघको नाममा खोलिएको लेखामा सबै पैसा राख्नेछन् । यस अतिरिक्त  i) उनले संघको हितमा रहेको कार्य परिकल्पना औ योजनाहरू या कुनै सरकारी काम-काज विषय कार्यकारी समितिद्वारा निर्देश दिइएका पदाधिकारीहरूलाई 'भ्रमण गर्न परे वित्त सहयोग उपलब्ध गर्नेछन् । ii) उनले संघका वित्त विषय लिएर प्रत्येक कुरोको जानकारी दिनेछन् तथा संघको कोषको सदुपयोग या वृद्धि गर्ने उपाय गर्नेछन औ आवश्यकता परे 'वित्त समिति'-को गठनको सुझाव दिन सक्नेछन् । iii) उनले संघको सञ्चालनको निम्ति 'वार्षिक बजट' पेश गर्नेछन् औ सो बजट अनुरूप व्ययको प्रणाली राख्नु पर्नेछ।
(ख) कोषाध्यक्षले संघको निम्ति प्राप्त अंशदान, दान, विशेष दान र विक्रय आय जुन कल्याणार्थ हुन्छ, ग्रहण गर्नेछन् अनि संघको पक्षमा प्राप्ति-सूचना दिनेछन् तथा सबै देयहरूको भुक्तान गर्नेछन् ।
(ग) उनले प्रत्येक कार्यका निम्ति आय-व्ययको लेखा राख्नेछन् तथा अध्यक्ष औ महासचिवसित संयुक्त नाममा ब्यांकमा संघको लेखा खोल्नेछन् यस बाहेक उनले विभिन्न शाखाहरूलाई प्रदानित अर्थ प्राप्ति पुस्तिकाको हर हिसाब र दान आदिको हर हिसाब राख्नेछन् ।
(घ) कोषाध्यक्षले कार्यकारीणी समितिलाई तथा संघको वार्षिक आम सभामा वार्षिक आय-व्ययको लेखा परीक्षकद्वारा निरीक्षित शेष-पत्र- यसको वार्षिक प्रतिवेदन सहित प्रस्तुत गर्नेछन् ।
(ङ) कोषाध्यक्षले संघको आर्थिक कार्यहरूको सम्पूर्ण सर्वेक्षण गर्नेछन् ।
(च) उनले संघको कुनै पनि आकस्मिक कार्यहरूको निम्ति

सहायक कोषाध्यक्ष :

खर्चको रूपमा आफूसित रु. १०००) (एक हजार) तयार राख्नेछन् ।
सहायक कोषाध्यक्ष :  (छ) सहायक कोषाध्यक्ष : i. उनले कोषाध्यक्षलाई वित्तिय मामलामा सहयोग पुयाउने छन् ।
ii. कुनै परिस्थितिमा कोषाध्यक्ष लामो समयको निम्ति अनुपस्थित रहनुपर्ने अवस्थामा अध्यक्ष वा महासचिवको आदेशानुसार उनले कोषाध्यक्षको सम्पूर्ण कार्य्यभार लिनेछन् औ संघको कार्य सञ्चालन गर्नेछन् औ केन्द्र समितिद्वारा पारित नगद राशि राख्न सक्नेछन् औ आय-व्ययको फाँटवारी राख्नेछन् ।
iii. उनले संघको प्रत्येक गतिविधि, आय-स्रोतका योजना या परिकल्पनामा उचित सुझाव सभामा दिन या प्रस्तुत गर्न सक्नेछन् ।
शाखा-अध्यक्ष एवं सचिव : (ज) शाखा-अध्यक्ष एवं सचिव : १. केन्द्रीय समितिद्वारा अनुमोदित कुनै पनि शाखा प्रशाखा संघका धरोहर हुन् अतः शाखाका सर्वाङ्गीण विकास एवं सञ्चालन संविधानको परिधिभित्र शाखा प्रशाखाका अध्यक्ष एवं सचिवले उचित प्रकारले कार्य्य सञ्चालन गर्नेछन् ।
२. शाखा प्रशाखा सचिवले प्रत्येक महिनामा एकपल्ट सभा गर्नेछन् औ केन्द्र समितिबाट निर्देशित या कुनै यस्ता विषयहरू हाम्रा तामङ समुदायलाई अवगत एवं त्यस तर्फ चेतना जगाई संघको कार्यमा अगुवाई गर्नेछन् ।
३. शाखा-प्रशाखाको आय-व्यय संविधानको प्रावधान अनुसार सठीक रूपमा राख्नेछन् औ आय स्रोतको निम्ति केन्द्र समितिको मञ्जुरीको निमित्त निम्न सुझाव पेश गर्नेछन् : ससाना घरेलु उद्योग, ट्रेनिङ, टेलरिङ, रात्रि पाठशाला, पशुपालन, लाइब्रेरी, धार्मिक शिक्षा, नाटकादि, लटरी खेला, सिलाई बुनाई औ अन्य हितकारी कार्यक्रमहरू जसलाई केन्द्र समितिले उचित निर्णय लिएर सरकारसँग वित्त अनुदानको निम्ति प्रयत्नशील रहनेछ ।
संघको सभाहरू तथा चुनावहरू :- (८) संघको सभाहरू तथा चुनावहरू :-
(क) संघको आम-सभा वार्षिक रूपमा सम्पन्न हुनेछ एवं महा-सचिवद्वारा डाकिने छ। सो वार्षिक आम-सभाको सूचना एक महीना पूर्व दिनुपर्छ।
(ख) संघको कार्यकारिणी समितिको सभा आवश्यकता परेको खण्डमा महा-सचिवले जहिले पनि आयोजन गर्न सक्छन् ।
(ग) महा-सचिवले अल्प अवधिको सूचना दिएर विषयानुसार
सबै आकस्मिक सभा डाक्नेछन् अनि सभाको निर्णयलाई संघको निर्णय मानिने छ।
(घ) कार्यकारी सभाको निम्ति निर्दिष्ट संख्या सम्पूर्ण सदस्य- संख्याको १/३ भाग उपस्थिति हुनपर्छ।
(ङ) कार्यकारिणी सदस्यहरूका निर्वाचन वार्षिक आम सभामा हुनेछ। निर्वाचित कार्यकारिणी सदस्यहरूले समितिका पदाधिकारीहरूका निर्वाचन गर्नेछन् । संघको केन्द्रीय समितिको निर्वाचन त्रिवार्षिय हुनेछन् औ यसको अतिरिक्त निर्वाचन प्रक्रियाको निम्ति तोकिएका नियमहरूको पालन गर्नु अनिवार्य हुनेछ :
निर्वाचन प्रक्रिया एवं संघका अध्यक्षका विशेष अधिकार : निर्वाचन प्रक्रिया : १) संघका अध्यक्षले आम चुनावका प्रकल्पहरू पहिलेबाटै जाँच-बुझ गर्नेछन् औ आवश्यक परे अध्यक्षको निर्णय मान्य हुनेछ ।
२) संघका अध्यक्षले स्वयंको विचारमा कुनै पनि जटील परिस्थिति, प्राकृतिक प्रकोप, अनिकाल, रोग-महामारी या संघको व्यवस्थामूलक या प्रशासनिक कार्यमा केही समयको निम्ति फेर-बदल गर्न नसकिने परिस्थितिमा 'आम चुनाव 'लाई स्थगित राख्न सक्नेछन् तथा कार्यकारी सदस्यहरूको 'विशेष' सभामा पारित गर्न सकिने छन् ।
३) संघका अध्यक्षले मात्र निर्वाचन प्रक्रिया पूर्व (पुरानो) कार्यकारी समितिलाई 'विघटन' गर्न सक्नेछन् औ विदाई हुने सदस्य-सदस्याहरूलाई उचीत सम्मान गर्नेछन्।
४) संघका अध्यक्षले नै निर्वाचन प्रक्रिया निष्पक्ष एवं सफल तुल्याउनलाई स्वतन्त्र एवं बुद्धिजीवीलाई 'निर्वाचन आयोगका' सदस्यहरूका चयन गर्नेछन् जो कम्तीमा तीन या त्यसभन्दा बढ़ी जसमा मुख्य निर्वाचन आयुक्त एकजना औ अरू निर्वाचन आयुक्त हुनेछन्। निर्वाचनमा मुख्य आयुक्तको निर्णय अन्तिम हुनेछ।
(च) कुनै पनि कार्यकारी वा साधारण सदस्यले संघको कुनै विषयको निर्णयार्थ यदि मतदानको आवश्यकता परेको खण्डमा एउटा मात्र मतदान दिन पाउनेछन् तर यदि सदस्यता शुल्क सम्पूर्ण रूपमा दिएको छैन भने मतदानको अधिकार हुनेछैन। मतदान समान भएको खण्डमा अध्यक्ष आफ्नो मत दिन पाउनेछन् ।
(छ) मद्यपान गरेको वा मातेको अवस्थामा कुनै पनि सदस्यले सभामा भाग लिन पाउने छैन ।
अन्यान्य प्रावधान एवं आन्तरिक जाँचक : संविधान अन्तर्गत अन्यान्य प्रावधान (Miscellaneous Provision):
(क) १. संघको आर्थिक स्रोत सदस्यता शुल्क, सरकारी अनुदान, संरक्षक सदस्यहरूबाट प्रदानित निजी दान (नगद वा सामग्री) तथा अन्यबाट प्रदानित सोही अनुरूप दान, कुनै प्रकारको विक्रय आदि हुनेछैन।
२. शाखा कार्यालयको कुनै सदस्य वा सचिवलाई महा- सचिवद्वारा चन्दा प्राप्ति संग्रह दानादि तथा कोष संग्रह आदिको अधिकार प्रदान गरिनेछ एवं प्राप्ति सूचना मुख्य कार्यालयबाट दिइने छ।

विघटन : 

३. साधारण सभामा उपस्थित ३/४ सदस्य संख्याद्वारा पारित गरिए संघ विघटन गरिनेछ। सो सभाले कोष-वितरण तथा संघको सम्पत्ति विषयक कुराहरूका, यदि कुनै भए, संघको विघटन पश्चात् विधेयकद्वारा प्रस्ताव ल्याई यथोचित निर्णय दिन सक्छन् ।
४. संघको हिसाब-किताब जाँच गर्नलाई आवश्यकता अनुसार
२ जना केन्द्रीय समितिका सदस्यलाई लिएर 'आन्तरिक जाँचक' नियुक्त केन्द्रीय समितिले गर्नेछ।
तामङ समुदायको अनुसूचित जनजातिको अधिकार एवं अ०भा०ता०बी०संघको क्षमता :
(ख) तामङ समुदायको अनुसूचित जनजातिको प्राप्ति एवं अधिकार:
१. भारतीय संविधान अनुसार तामङहरूलाई आदिवासी (सेडुल्ड ट्राईव) को सूचिमा भारत सरकारका दुवै सदन लोक- सभा र राज्य सभाद्वारा ता० १८-१६ नवम्बर २००२-मा
 मञ्जुरी प्रदान गरियो :

(Extract of Govt. of India's Notification: As Stated:
Registered No. DL-33004/2003 The Gazette of India
भारतका राजपत्र असाधारण
Extraordinary.
Part II Section I Published by Authority
No. 10 New Delhi, Wednesday, The Scheduled Castes and Scheduled Tribe (Amendment) Act 2002. No. 10 of 2003. SI. 40(WB) TAMANG.
Sl. 4 (Sikkim) Tamang
K. N. Chaturvedi
Additional Secy. to the Govt. of India.)
२. अब प० बंगाल औ सिक्किममा (भविष्यमा अरू राज्यहरूमा) भएका समस्त तामङ जनजातिले सरकारबाट प्राप्त अधिकारको निम्ति सदैव चौकस रहनु पर्नेछ औ यस अधिकारको सदुपयोगको सु-प्रयोगको निम्ति सबैले निरन्तर प्रयास गर्नुपर्छ ।
३. अखिल भारतीय तामङ बौद्ध संघ-को मात्र प० बंगालभित्रका तामङहरूलाई जनजातिको सिफारिश गर्ने अधिकार रहने छ जो सम्बन्धित सरकारलाई मान्य हुनेछ।
४. अ०भा०ता० बौद्ध संघले अरू समुदायका जनजाति या यस्ता संघठनहरूसित सदैव सौहार्दपूर्ण सम्बन्ध राख्नेछ औ जनजाति विषय सुझावहरूको एकार्कामा सहृदय योगदान पुयाउने या गर्नेछ ।

संविधान संशोधन : (१२) संविधान संशोधन :

संविधान अथवा यसको कुनै अनुच्छेदको संशोधनार्थ यदि कुनै प्रस्ताव आए, वार्षिक आम सभामा २/३ बहुमत प्राप्त भए संविधान संशोधन गरिने छ। संशोधन कार्यकारिणी समितिले निश्चित गरेको दिनाङ्कदेखि लागु हुनेछ ।
संघको झण्डा एवं संघको सेम्पो :- (१३) संघको झण्डा एवं संघको सेम्पो :-
(क) संघको झण्डा आफ्नै निम्न प्रकारको हुनेछ :- शिरमा - पहेंलो रंग (बुद्धयाणी औ महायानी) बीचमा सेतो रंग (पारामिता) बीचमा सेतो रंगमाथि अष्ठचक्र (अष्ठशील) पुच्छरमा - रातो (वज्रयाणी, मन्त्रयाणी)
(ख) संघको सेम्पो निम्न प्रकारको हुनेछ :-
शिरमा - पहेंलो रंग (बुद्धयाणी औ महायाणी) बीचमा सेतो रंग (पारामिता) पुच्छरमा - रातो (वज्रयाणी, मन्त्रयाणी)
अन्तमा : पहेंलो रंगको लुगा आवश्यकतानुसारको चौड़ाई- लम्बाई भएको (तामाङ समुदायको चिन्हारी)
प्रारुप (Emblem) (१४) संघको प्रारुप (Emblem) आफ्नै हुनेछ।
(१५) समस्त भारतका तामङ गुम्बाहरू औ तामङ संस्थाहरू
यो संघको अधिनमा (Affiliated) रहने छ तथा यस्ता पवित्र स्थानहरूमा संघका पूज्य गुरुहरूको सम्मानमा उचित संस्मरण हुनु पर्छ।
(१६) अ०भा०ता०बौद्ध संघले राज्यहरूमा छरिएर बसेका तामडहरूको हितको कार्य्य एवं न्यायोचित मागहरू विषय लिएर एकीकरणको निम्ति निरन्तर सहयोग प्रदान गर्नेछ।


सही / एस० लामा                                        सही/एम० एस० बमजन 
महासचिव                                                                                                             अध्यक्ष 
अ०भा०ता०बौद्ध संघ                                      अ०भा०ता०बौद्ध संघ
 ताः १७.०१.२००४                                         ताः १७.०१.२००४

परिशिष्ट - १
अखिल भारतीय तामङ बौद्ध संघ
(संविधान एवं संशोधित संविधान - २००४)
जान्नपर्ने मूल एवं आधारभूत कुरोहरू :-
१. अ०भा०ता०बौद्ध संघको जन्म १९८०-८१ मा त्यस समय, परिस्थिति बुझेर प्रथम संविधान लेखिएको थियो ।
२. अ०भा०ता०बौद्ध संघको वार्षिक सम्मेलन रम्फू (सिक्किम) मा प्रथमपल्ट संशोधन ल्याउने प्रयासमा केही अंश संशोधन गरी ताः २४।१.१६६४ मा यसलाई लागू गरियो ।
३. समय औ परिस्थितिको चेपारोमा परेको अवस्था औ त्यस्र अतिरिक्त संघको माग विषयमा केन्द्र एवं राज्य सरकारद्वारा निरन्तर चाप सृष्टि भएको औ केन्द्र सरकारद्वारा 'जनजाति' ताः १८-१६.११.२००२ मा स्वीकृति पाएको हुँदा संविधानमा व्यापक संशोधन गर्न अनिवार्य हुँदा संविधानको धारा १२ को अधिनियममा संविधान संशोधन उपसमिति गठन गरी यसको रूपरेखा तयार पारेर ताः २४.१.२००३ अ०भा०ता०बौद्ध संघको वार्षिक सम्मेलन, कफेर (कालेबुङ) मा सुझाव र अनुमोदनको निम्ति पेश गरियो ।
४ 'उप-समिति' ले यसको मूल ढाँचा एवं धारा-उपधारामा कुनै परिवर्तन ल्याएको छैन तर त्यही धारा-उपधारा अन्तर्गत केही थप प्रावधानहरू समावेश गरेर अधिक क्षमताशील एवं क्रियाशील गरिएको छ जसको उपयोगले संघलाई नै लाभ हुनेछ।
संविधानको अन्तमा 'परिशिष्ठ' दिइएको छ औ उपयोगी जानकारी दिने प्रयासले धेरै लाभ हुन जानेछ ।
६. अ०भा०ता०बौद्ध संघको यो संविधान 'संशोधित संविधान २००४' भनी जानिनेछ एवं पारित मितिदेखि लागू हुनेछ ।
जयगाउँ अधिवेशनमा सर्वसम्मतिद्वारा पारित ।


सही/जे० बी० स्याङ्गबो                  सही / एम० एस० बमजन सही/एस० लामा
अध्यक्ष   महासचिव                          सभापति
संविधान संशोधन उप-समिति
ताः १७.०१.२००४





परिशिष्ठ : २
अखिल भारतीय तामङ बौद्ध संघ
(केन्द्रीय समिति)
१. 'तामङ थर' उपसमितिको गठन ताः २६.१२.२००२ सिलिगुड़ी एवं त्यस सभामा मनोनित सदस्यहरूको 
ताः ६.१.२००३ मा कालेबुङमा बसेको सभाले पारित प्रस्ताव प्रस्तुति गरी सकेको औ अनुमोदनको निम्ति ताः २४.१.२००३ को वार्षिक आम- सभा, कफेर, कालेबुङमा प्रेषित :-
२. सभाले प० बंगाल राज्यभित्र प्रचलित 'तामङ थर' को खोजी एवं आधारभूत प्रमाणहरूमाथि निर्णय लिएर तालिका प्रस्तुत गर्दछ।
३. तामङ उप-समितिले लिएका आधारहरू :
i) ताम्बा काई तेन ले० स्व० सन्तवीर लामा, दार्जीलिङ।
ii) कार्य्य-पत्र (जो तीनधारे वार्षिक अधिवेशन २००१ मा प्रस्तुति) - ले० श्री प्रताप बल, काठमाडौं, नेपाल ।
iii) 'तामङ चुङनीला दिगक्षेन' ले० श्री जी० डी० लामा, सिक्किम।
iv) TAMANGS' FAMILY NAMES: www.tamang.com.
प० बंगाल सरकारबाट स्वीकृत तालिका :-
1. Bomjan, Blon, Baju, Bal, Brasinger.
2. Chhumi.
3. Dong, Dumjan.
4. Golay, Grangden, Glan, Gyabak, Gyaba, Ghising, Gropchan, Gomden, Gongba.
5. Kalden, Kyaba, Khanikhor, Khyungba, Khyul.
6. Loh, Lama/Lamakhor, Lopchan, Lumba.
7. Moktan, Marpa, Mikchan.
8. Nyasur, Negi, Ngarden, Ngarba.
9. Pakhrin.
10. Rumba.
11. Singer, Singden, Syangden, Syangbo.
12. Thing. Thokar, Titung, Toisang
13. Waiba.
14. Yonzon, Yangzo.
15. Zimba (Total 48 Clans).

Last Updated : 1/21/2024 2:13:05 AM Pages

« Back to Pages